न्यूज अभियान डटकमका संस्थापक श्रेष्ठलाई अन्तराष्ट्रिय अनलाईन फोटो जोर्नालिष्ट प्रोफेसनल एचिभमेन्ट अवार्ड

डिसी नेपाल
८ असोज २०७६ १७:५२

काठमाडौं। नेशनल भिजन मिडिया ग्रुप प्रा.लि.का संस्थापक अध्यक्ष तथा समाजसेवी सागर श्रेष्ठलाई अन्तराष्ट्रिय अनलाईन फोटोजोर्नालिष्ट प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
१७ वर्ष देखी प्रवास तथा स्वदेशमा अनलाईन मिडिया मार्फत जनचेतनाका आवाजहरु कलमको माध्यम र फोटोको माध्ययमबाट प्रसारण गर्दै आएका श्रेष्ठ अनलाईन मिडियालाई व्यवस्थित, मर्यादित र व्यवसायिकमुलक बनाउन राष्ट्रिय अनलाई पत्रकार महासंघ जस्तो संस्थाको स्थापना गरि महसचिव भएर लागि रहेका छन्। विदेशमा ११ वर्ष रहंदा समेत आपत विपतमा परेका सयौं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उद्धार गर्न सफल श्रेष्ठ अहिले नेपालमा रहेर अनलाईन मिडियामा सक्रिय भएर काम गरिरहेका छन्।

संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई अन्तराष्ट्रिय अनलाईन फोटोजोर्नालिष्ट प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो।

सिजन मिडियाको आयोजना तथा नेपाल पत्रकार महासंघ युएई शाखाको संयोजनमा आयोजित एक विशेष समारोहका बीच श्रेष्ठलाई कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले अवार्ड प्रदान गरेका हुन्।

सिन्धुपाल्चोकको ठूलोसिरुवारीमा जन्मिएका श्रेष्ठ करिब १८ वर्ष देखि पत्रकारितामा सक्रिय छन्। वनले कान्तिपुर साप्ताहिक, हिमाल खबर पत्रिका, ऐक्यबद्धता मासिक, अभियान टाईम्स साप्ताहिक, चण्डेश्वरी प्रकाशनका विभिन्न पत्रपत्रिका लगायत थुप्रै पत्रपत्रिकामा काम गरिसकेका छन्। श्रेष्ठ साहित्यीक क्षेत्रमा पनि उत्तिकै निपूर्ण छन्।

उनी २००६ मा अनेसास अन्तराष्ट्रिय उत्कृष्ट सदस्यबाट सम्मानित भएका थिए। त्यसैगरी विश्व नेपाली साहित्य महासंघको साउदी शाखाको संस्थापक सल्लाहकार, केन्द्रीय पार्षद हुदैं २ कार्यकाल २०१३ देखी २०१९ सम्म केन्द्रीय उपाध्यक्ष र हाल सल्लाहकारमा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *