सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका छन्।
झापाको कमल गाउँपालिका-१ स्थित सडकमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ बस्ने ७० वर्षीय शंखर प्रसाद ढुङगानाको शनिबार राति मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
दाङको लमही नगरपालिका-९ अमिलिया चोकस्थित सडकमा अमिलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.प्र.०२-००२ प २४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-७ रामनगर बस्ने २२ वर्षीय नोखिराम केसीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment