सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो, असोज २८ गतेसम्म आवेदन दिन सकिने

डिसी नेपाल
२६ भदौ २०८३ ७:३५

काठमाडौं।  सशस्त्र प्रहरी बल, नेपालले ठूलो सङ्ख्यामा विभिन्न पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित भर्ना तथा छनोट शाखाले आज एक सूचना जारी गर्दै कुल ६ सय ६६ जनाका लागि आवेदन मागेको हो।

जारी सूचना अनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक (हजराम), २ जना चर्मकर्मी र १ जना मालीका लागि दरखास्त आह्वान गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी असोज २८ गतेसम्म रीतपूर्वक आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *