लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

डिसी नेपाल
३ जेठ २०८३ २१:४८
काठमाडौं। प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अवैध लागुऔषधसहित झापा, पर्सा, मकवानपुर, बाँके, सुनसरी र कास्कीबाट गरी ११ जना पक्राउ गरेको हो।
त्यसैगरी प्रहरीले हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोट बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको हो। साथै ५४ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देवसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ।
कर्जन्हा नगरपालिका-११ बाट अवैध लागुऔषध गाँजा करिब २७६ किलो शनिबार राति प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झाँडीमा ११ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *