बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
४ जेठ २०८३ १६:११

पर्सा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-११ बस्ने ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *