गाडी दुर्घटनामा आठ जना घाइते

डिसी नेपाल
६ जेठ २०८३ २०:१९
बागमती। हेटौँडा–काठमाडौं जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौं सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन्।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुदाँ गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ लालझाडीका  ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ, उनकी श्रीमति २८ वर्षीया उषा गुरुङ, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सितामढीका ३४ वर्षीय सोनु रौनियार र  उहाँकी श्रीमति २७ वर्षीया सङ्गीता रौनियार घाइते भएका छन्। उनीहरुलाई उपचारका  लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *