इसेवामार्फत जीवन बीमा प्रिमियम तिर्दा ग्राहकलाई उपहारै उपहार
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा (eSewa) ले जीवन बीमा नवीकरण प्रक्रियालाई अझ सहज, सुरक्षित र आकर्षक बनाउने उद्देश्यका साथ विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
यही जेठ १ गतेदेखि सुरु भएको यो अभियान आगामी असार ३२ गते (२०८३) सम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले इसेवाको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्दा आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।
अभियानको मुख्य आकर्षणका रूपमा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन् । यसका साथै, अन्य तीन जना भाग्यशाली विजेताहरूले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न इसेवाले अभियान अवधिभर प्रत्येक हप्ता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने व्यवस्था समेत गरेको छ ।
यति मात्र नभएर, विभिन्न जीवन बीमा कम्पनीहरूसँगको आपसी सहकार्यमा ग्राहकहरूका लागि आकर्षक क्यासब्याक सुविधाहरू समेत उपलब्ध गराइने इसेवाको भनाइ छ । इसेवाको यो अनलाइन बीमा नवीकरण सेवाका कारण ग्राहकहरूले अब बीमा कम्पनीको कार्यालयसम्म धाइरहनुपर्ने झन्झट बेहोर्नु पर्ने छैन ।
उनीहरूले आफ्नै घर वा कार्यस्थलबाट जुनसुकै समयमा छिटो, सुरक्षित र भरपर्दो रूपमा जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानी गर्न सक्नेछन् । यस अभियानले सर्वसाधारणमा जीवन बीमाको महत्त्वबारे जनचेतना बढाउनुका साथै मुलुकमा डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रवर्द्धन गर्ने अपेक्षा कम्पनीले लिएको छ ।







डिसी नेपाल







Facebook Comment