टेलिडिजिटलद्वारा नेपालमा पहिलो पटक ‘व्हाट्सएप बिजनेस एपीआई’ सम्मेलन आयोजना
काठमाडौं। रमेश कर्प अन्तर्गतको टेलिडिजिटल सर्भिसेज प्रालिले मेटासँगको सहकार्यमा नेपाली व्यवसायहरूका लागि संवादात्मक व्यापारको सम्भावना उजागर गर्ने उद्देश्यले ‘द कन्भरफेन्स’ नामक एउटा ऐतिहासिक उद्योगस्तरीय विशेष कार्यक्रम आयोजना गरेको छ।
नेपाली बजारमा व्हाट्सएप बिजनेस एपीआईको उपयोग र यसको महत्वबारे जानकारी गराउन आयोजित यस कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यावसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको व्यापक सहभागिता रहेको थियो।
नेपालको डिजिटल क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको यस कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट टियोङ मुख्य वक्ताका रूपमा उपस्थित थिए।
उनको उपस्थितिले नेपाललाई संवादात्मक व्यापारका लागि एउटा उदाउँदो तथा रणनीतिक रूपमा महत्त्वपूर्ण बजारका रूपमा मेटाले उच्च प्राथमिकतामा राखेको स्पष्ट संकेत गरेको छ।
‘द कन्भरफेन्स’ कार्यक्रममा नेपालका प्रतिष्ठित कम्पनीका उच्च अधिकारीहरू बीच व्हाट्सएप बिजनेस एपीआई मार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाई राख्ने रणनीति तथा व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा विश्वव्यापी व्यावसायिक म्यासेजिङ प्रवृत्तिको चर्चा गर्दै मेटाका म्यासेजिङ प्लेटफर्महरूमा प्रत्येक हप्ता एक अर्बभन्दा बढी मानिसहरू व्यवसायहरूसँग जोडिने गरेको तथ्य समेत प्रस्तुत गरियो।
नेपालमा व्हाट्सएप व्यापक रूपमा प्रयोग भइरहेकाले नेपाली व्यवसायहरूले एसबक्स (SMS) र इमेल जस्ता परम्परागत माध्यमभन्दा बाहिर गएर प्रत्यक्ष, विश्वसनीय तथा मापनयोग्य ग्राहक संवादको अवसर उपयोग गर्न सक्ने विषयलाई विशेष जोड दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले पाँच दशकभन्दा बढी समयदेखि रमेश कर्प नेपाली व्यवसायहरूको वृद्धि र प्रगतिमा साझेदार बनेको उल्लेख गरे।
उनले टेलिडिजिटललाई सहयोग गर्नु भनेको त्यही प्रतिबद्धतालाई निरन्तरता दिनु रहेको बताउँदै नेपाली व्यवसायहरूले स्थानीय सहयोग, स्थानीय भुक्तानी सुविधा तथा पूर्ण प्लेटफर्म पहुँचसहित विश्वका शक्तिशाली डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष पहुँच पाउन सकून् भन्ने मुख्य उद्देश्य रहेको स्पष्ट पारे।
त्यस्तै, टेलिडिजिटल सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत नवाङ्कुर सुदले मानिसहरूलाई जबरजस्ती बिक्री गराउनुभन्दा उनीहरू संवादमार्फत खरिद गर्न चाहने हुँदा अबको ध्यान ग्राहक–केन्द्रित डिजिटल इकोसिस्टम निर्माणमा केन्द्रित हुनुपर्ने बताए।
ग्राहकको आवश्यकतालाई प्राथमिकता दिँदा ब्रान्डसँग हुने उनीहरूको स्वाभाविक अन्तरक्रियाले मूल्यवान् र व्यवस्थित डाटाबेस निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
व्हाट्सएप बिजनेस एपीआईले नेपाली व्यवसायलाई ग्राहकहरू जहाँ छन्, त्यहीँ पुगेर व्यक्तिगत अनुभूति हुने संवाद गर्न सक्षम बनाउने र ‘द कन्भरफेन्स’ नेपाली बजारलाई आधारभूत तहदेखि निर्माण गर्ने प्रतिबद्धताको स्वरूप भएको उनले बताए।
टेलिडिजिटल सर्भिसेजका बारेमा:
टेलिडिजिटल सर्भिसेज प्रालि रमेश कर्प अन्तर्गतको संस्था हो, जसले गुगल, मेटा र व्हाट्सएपको आधिकारिक साझेदारका रूपमा कार्य गरिरहेको छ।
कम्पनीले नेपाली व्यवसायहरूलाई गुगल एड्स, मेटा एड्स, गुगल वर्कस्पेस तथा व्हाट्सएप बिजनेस एपीआई सेवाहरू स्थानीय भुक्तानी सुविधा, स्थानीय विशेषज्ञता, तत्काल विज्ञापन क्रेडिट तथा नेपालमै उपलब्ध समर्पित सेवा सहित प्रदान गर्दै आएको छ।
रमेश कर्पको पाँच दशक लामो विश्वास र अनुभवको आधारमा टेलिडिजिटलले नेपाली व्यवसायहरूलाई बिचौलिया, विदेशी भुक्तानी जटिलता तथा सञ्चालन सम्बन्धी अवरोध बिना विश्वस्तरीय डिजिटल प्रविधिमा पहुँच दिलाउने कार्य गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment