वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
८ जेठ २०८३ १४:५४

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरीले टोलीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६, कोशी प्रदेशबाट ३२६, मधेसबाट ७३०, बागमतीबाट १९९, गण्डकीबाट २०४, लुम्बिनीबाट ३३०, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ८४ जना पक्राउ परेका हुन्।

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ। उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार ११० जरिवाना असुलउपर गरिएको छ।

प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *