गफले होइन, श्रमले बन्छ मुलुक : हर्क साम्पाङ

डिसी नेपाल
८ जेठ २०८३ १८:२६

उर्लाबारी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। उनले भाषण, आश्वासन र राजनीतिक गफले देश नबन्ने भन्दै उत्पादनशील श्रममार्फत आत्मनिर्भर राष्ट्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

मोरङको उर्लाबारीमा शुक्रबार आयोजित स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा श्रमदातासँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले नेपालमा श्रमको सम्मान हुन नसक्दा विकासको गति सुस्त बनेको बताए।

उनले काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत सामाजिक सोचका कारण देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरे।

‘देश नबन्नुको मुख्य कारण कामको अभाव होइन, कामप्रतिको दृष्टिकोण हो’,उनले भने, ‘हामीकहाँ श्रम गर्ने मानिसलाई तल्लो दृष्टिले हेर्ने र काम नगरी भाषण गर्ने मानिसलाई माथि राख्ने प्रवृत्ति छ। यही संस्कार परिवर्तन नगरेसम्म देशले गति लिन सक्दैन।’

अध्यक्ष साम्पाङले नेपालका अधिकांश राजनीतिक दल विकासका नाममा भाषण र आश्वासन वितरणमै सीमित भएको आरोप लगाए। उनले विकासका ठूला सपना देखाउने तर व्यवहारमा काम नगर्ने राजनीतिक संस्कृतिका कारण जनतामा निराशा बढेको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *