नामको अगाडि जथाभाभी ‘डाक्टर’ नझुन्ड्याउन मेडिकल काउन्सिलको निर्देशन

डिसी नेपाल
८ जेठ २०८३ १९:४८

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत आफ्नो नामको अगाडि ‘डाक्टर’ (डा.) शब्द प्रयोग नगर्न सम्बन्धित सबैलाई कडा निर्देशन दिएको छ।

नियमविपरीत उपाधि प्रयोग गर्ने कार्य तत्काल नरोकिए कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने काउन्सिलले स्पष्ट पारेको छ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, “विभिन्न विधाका स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरूले नियमविपरीत रूपमा आफ्नो नामअघि ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले यस्तो कार्य तत्काल रोक्न आग्रह गरिन्छ।”

काउन्सिलले चिकित्सकको रूपमा कानुनी मान्यता प्राप्त नगरेका व्यक्तिले ‘डाक्टर’ उपाधि प्रयोग गर्नु गैरकानुनी हुने ठहर गरेको छ।

जारी सूचनाअनुसार, मेडिकल काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद्को ऐनअनुसार चिकित्सक उपाधि प्राप्त व्यक्तिबाहेक अन्य कुनै पनि स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि ‘डा.’ शब्द प्रयोग गर्न पाउने छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *