लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच भेट

डिसी नेपाल
८ जेठ २०८३ २०:२५

सिद्धार्थनगर (भैरहवा)। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबीच भेटवार्ता भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा सङ्घीयताको सबलीकरणका लागि प्रदेश तहलाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल भएको थियो। साथै अन्तरप्रदेश समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको हो।

भेटका क्रममा लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको नीति तथा कार्यक्रमबारे पनि छलफल गरिएको थियो। प्रदेश प्रमुख मियाँले चालु आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रम तथा योजनाको समीक्षा गरेरमात्र आगामी योजना अघिबढाउन सुझाव दिए। उनले सम्पन्न भएका कामको उपलब्धि र सम्पन्न हुन नसकेका योजनाको कारण पहिचान गरेर प्रभावकारी कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताए।

भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *