सिँचाइको नहरमा युवक मृत फेला
महेन्द्रनगर (कञ्चनपुर)। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा शुक्रबार साँझ एक पुरुष मृत अवस्थामा फेलापरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा एक अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको जानकारी दिनुभयो। उहाँले अहिले घटनास्थलमा प्रहरी टोली परिचालन भई मुचुल्का सङ्कलनको काम भइरहेको जानकारी दिए।
“मृतावस्थामा भेटिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन”, प्रहरी निरीक्षक थापाले भने, “घटनाको सुक्ष्म अनुसन्धानका लागि प्रहरी टोली खटिसकेको छ।”
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment