रामेछाप बजारमा व्यवस्थित सडक बन्दै
रामेछाप। रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा अब व्यवस्थित सडक बन्ने भएको छ।
२०८ वर्ष भन्दा लामो समय सदरमुकाम बसको रामेछाप बजार हुँदै सेलेघाट– सालु– साँघुटार सडक निर्माणको कामले गति लिएपछि रामेछाप बजारमा व्यवस्थित सडक बन्न लागेको हो।
सो सडकको बजार क्षेत्रमा जग्गा विवादको कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन। रामेछाप बजारमा सडक क्षेत्रका परेका घरहरूले मुआब्जा लिएको लामो समय बित्दा पनि घर भत्काउन मानेका थिएनन्। तर अहिले मुआब्जा लिएका घर भत्काएर बजार क्षेत्रमा सडक चौडा गर्ने काम अघि बढेको छ।
बजार क्षेत्रमा रहेको पुरानो सडक साँघुरो भएको कारण सडक विस्तार गर्नु परेको हो। अहिले रामेछाप बजारमा सडक चौडा पार्ने, पर्खालहरू उठाउने तथा नाला बनाउने काम भइरहेको छ। सडक चौडा बनाएर पिच गरे पछि रामेछाप बजार नयाँ स्वरूपमा देखिने विश्वास लिइएको छ।
२०४५ सालसम्म रामेछापको जिल्ला सदरमुकाम रहेको रामेछाप बजारमा सदरमुकाम मन्थली सरेपछि चहलपहल घटेको छ। व्यवस्थित सडक र बजार बनेपछि चाप बढ्ने विश्वास पनि लिइएको छ।







डिसी नेपाल







Facebook Comment