एमाले केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।
बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११:३० बजे बस्ने भएको हो।
आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ। हिजो शुक्रबार बसेकोे बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment