गोंगबुबाट एसएलआर राइफलको म्याग्जिन र ४५ थान गोलीसहित दुई जना प्रहरी नियन्त्रणमा
काठमाडौं। प्रहरीले काठमाडौं गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका-१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज-१३ घर भइ हाल काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशंबर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए।
उाले भाे, “काठमाडौं टोखा नगरपालिका-९ गोंगवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो।”
पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment