नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
नेपालगञ्ज। सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध अफिम र चरेस बरामद गरेको छ।
सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार करिब ५.५ (साढे पाँच) किलोग्राम अफिमजस्तो देखिने पदार्थ र पाँच ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो। बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल ३० नं गण बागेश्वरीको विशेष निगरानीमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक चन्दको भनाइ छ।
सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको थियो। सो लागूऔषधसहित पक्राउ परेका एक जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने छ।
सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल ३० नं गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ। पछिल्ला दिनमा चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएका उपलब्धिले सङ्गठनको प्रतिबद्धता र कार्यकुशलता पुष्टि गरेको उहाँको विश्वास छ। बरामद गरिएको अफिम र चरेस सहितको व्यक्तिको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ।







डिसी नेपाल







Facebook Comment