जीप दुर्घटनामा दुईजना घाइते

डिसी नेपाल
१० जेठ २०८३ २१:४४

गोरखा। गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग१च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो।

दुर्घटनामा जीपका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिजलटारका २४ वर्षीय सुजन घलान र भारतीय नागरिक अर्विनकुमार साह घाइते भएका छन्।

गम्भीर घाइते साहलाई उपचारका लागि चितवनको मौलाकाली अस्पताल लगिएको छ भने चालक घलानको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *