एमाले सचिवालय बैठक सम्पन्न: असार १५ देखि २० भित्र केन्द्रीय कमिटी बैठक बस्ने
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो ।
आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘केन्द्रीय समितिको बैठक आगामी अब यो असार १५ देखि २० को बीचमा अध्यक्ष र महासचिवको बीचमा सरसल्लाह गरेर तय हुनेछ ।’
बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको हुनाले जुन बजेट ल्याउने क्रम छ त्यसलाई केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पु¥याउन विज्ञलाई पठाउने निर्णय गरेको छ ।
उनले भने, ‘प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको छ । त्यो बारेमा छलफल गर्न आवश्यक छैन । बजेट जो ल्याउने क्रम छ, केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पु¥याउन विज्ञलाई पठाउने भन्ने छ ।’
उनका अनुसार पार्टीभित्र जुन खालको एकता र भाव पैदा भएको छ त्यो भावले फेरि उत्साह आम पार्टी पङ्क्तिमा र जनतामा त्यो पैदा हुन्छ भन्ने विश्वास छ ।







डिसी नेपाल







Facebook Comment