आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य

डिसी नेपाल
१५ जेठ २०८३ १८:४८

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिएका हुन्।

चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत मात्र सीमित हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ।

त्यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा बजार मूल्यवृद्धि (मुद्रास्फीति) लाई नियन्त्रणभित्रै राख्ने नीति लिएको छ। अर्थमन्त्री डा. वाग्लेले आगामी वर्ष उपभोक्ता मूल्यवृद्धिदर ६ प्रतिशतभन्दा मुनि कायम गर्ने घोषणा गरेका छन्।

सरकारले यी लक्ष्यहरू पूरा गर्न आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। जसअन्तर्गत प्रशासनिक तथा साधारण खर्चका लागि चालुतर्फ १२ खर्ब ७० अर्ब, विकास निर्माणका लागि पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *