घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार सहायक प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरतविक्रम बिसी, लेखापाल बद्रीप्रसाद पराजुलीललगायतले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न भएपश्चात् मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनका क्रममा घुस मागेको आरोप लागेको छ ।
उनीहरुले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्हिरा साह तेलीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । जवान तेलीले एक मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोप लागेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment