भायानेटको वाईफाई ६ र भायाटिभी अफर: अब घरमै बसिबासी विश्वकप फुटबलको रंगशाला जस्तै मज्जा
काठमाडौं। नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले आफ्ना ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको आकर्षक इन्टरनेट र टेलिभिजन प्याकेज सार्वजनिक गरेको छ।
कम्पनीले प्रति वर्ष करसहित रु. १३,८०० मा २५० एमबिपिएस इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ, जसमा ग्राहकहरूले रु. २,८२५ मूल्य पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क पूर्ण रूपमा छुट पाउनेछन् भने केवल रु. १,००० डिपोजिट मात्र राख्नुपर्नेछ।
छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि यो प्याकेज निकै उपयोगी हुने कम्पनीको विश्वास छ। यस इन्टरनेट प्याकेजसँगै ग्राहकहरूले मात्र करसहित रु. २५० प्रति महिना थप गरेर २०० भन्दा बढी च्यानलहरू, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र तथा सिरिजहरू भएको भायाटिभी सेवा प्राप्त गर्न सक्नेछन्।
वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट-टप-बक्सका लागि लाग्ने रु. २,२६० को सक्रिय शुल्क तिर्नुपर्ने छैन र यसका लागि पनि केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ।
यसैगरी भायानेटले ग्राहकहरूलाई थप फाइदा पुर्याउन ‘डामी एप’ सँग पनि सहकार्य गरेको छ, जसअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने काठमाडौँ, पोखरा र चितवनका ग्राहकहरूले रु. १,५०० बराबरको १ वर्षको सदस्यता निःशुल्क पाउनेछन् र यस एपमार्फत विभिन्न रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा खुद्रा पसलहरूमा आकर्षक छुटको लाभ लिन सक्नेछन्।
“अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै” भन्ने मुख्य नारासहित आएको यस सिजनको अफरअन्तर्गत भायाटिभीका ग्राहकहरूले नेपालमा विश्वकप प्रसारणको विशेष अधिकार पाएको हिमालय टिभीको दरअनुसार प्रति टिभी रु. ९९९ मा कुपन खरिद गरी हिमालय स्पोर्ट्स च्यानलमा फुटबल विश्वकप २०२६ का खेलहरू प्रत्यक्ष हेर्न पाउनेछन्।
यो विश्वकप कुपन खरिद गर्नका लागि ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, वा कनेक्ट आइपिएस जस्ता अनलाइन भुक्तानी एपमा भायानेट खोजेर आफ्नो ग्राहक आईडी राख्न सक्छन् वा भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोल्दा देखिने क्युआर कोड स्क्यान गरेर पनि तुरुन्तै कुपन किन्न सक्छन्।
भुक्तानी पूरा भएपछि भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सकिन्छ भने ग्राहकहरूले आफ्नो नजिकैको भायानेट आउटलेटमा गएर पनि सिधै कुपन खरिद गर्न सक्ने सुविधा रहेको छ।
एउटा कुपन एउटा मात्र टिभीमा प्रयोग गर्न सकिने र एकपटक सक्रिय गरिसकेपछि उक्त कुपन अर्को टिभीमा सार्न नमिल्ने यो सेवा र अफरबारे थप जानकारीका लागि ग्राहकहरूले भायानेटको ग्राहक सेवा नम्बर ०१-५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको कार्यालयमा जान सक्नेछन्।







डिसी नेपाल







Facebook Comment