गत निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक छ: पूर्वप्रधानमन्त्री सुशीला कार्की

डिसी नेपाल
२२ जेठ २०८३ ११:३९

काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि एउटा महत्वपूर्ण अध्ययनको विषय बनेको बताइन्।

निर्वाचन आयोगद्वारा आज आयोजित केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

पूर्वप्रधानमन्त्री कार्कीले यस निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ पुस्ताका प्रतिनिधिहरू विजयी भएर आएको उल्लेख गर्दै जनताले दिएको सो मतको उच्च सम्मान हुनुपर्ने र उनीहरूलाई जनअपेक्षा अनुसार काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिए।

निर्वाचनलाई शान्तिपूर्ण र सफल रूपमा सम्पन्न गराउन तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारकर्मी लगायतका सबै सरोकारवालाहरूले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै उनले प्रशंसा समेत गरे।

कार्यशालामा बोल्दै पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकको विषम परिस्थितिका बाबजुद पनि सरकार, आयोग र सम्बद्ध सबै पक्षको आपसी सहयोगका कारण कुनै पनि हिंसात्मक घटना विना नै निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताइन्।

त्यसैगरी, पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले यस निर्वाचनमा देखिएको ‘जेनजी’ आन्दोलनको विद्रोही भावना र नागरिकको चाहना अनुसार अब देशमा सुशासन तथा बलियो राजनीतिक संस्कार कायम हुनुपर्ने धारणा राखिन्।

उनले जनताको यही भावनालाई आत्मसात् गर्दै मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लैजानु आजको मुख्य आवश्यकता रहेको कुरामा विशेष जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *