राप्रपाको कार्यसम्पादन समिति बैठक आज, कार्यसमितिको बैठकका एजेण्डा तय गरिने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ।
बैठकले असार ५ र ६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठक असार ५ गते बिहान ११ बजे धुम्बाराहीस्थित सूर्य ब्यांकेटमा बोलाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment