काठमाडौंबाटै रवि लामिछानेले बुझे रुपन्देही अदालतको तारेख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा विचाराधीन ‘सुप्रिम सहकारी ठगी प्रकरण’ को तारेख काठमाडौं जिल्ला अदालतमा पुगेर बुझेका छन्।
बिहीबार काठमाडौं जिल्ला अदालत पुगी लामिछानेले उक्त मुद्दाको तारेख लिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। रुपन्देही जिल्ला अदालतले लामिछानेलाई काठमाडौंमै तारेख बुझ्न पाउने गरी अनुमति दिएको थियो। सोही अनुमति बमोजिम उनी काठमाडौं अदालतमा उपस्थित भएका हुन्।
उक्त सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध सहकारीबाट व्यक्तिगत रूपमा २ करोड रुपैयाँ र गोर्खा मिडियाका नाममा सामूहिक रूपमा २ करोड १५ लाख २८ हजार गरी कुल ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment