महाधिवेशन नै रास्वपालाई वैधानिकतामा लैजाने ऐतिहासिक बाटो हो : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई संस्थागत र वैधानिक आधारमा अगाडि बढाउन महाधिवेशन अपरिहार्य रहेको बताएका छन्।
शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीतिक दललाई विधि, प्रक्रिया र सुदृढ संगठनात्मक संरचनामा लैजान महाधिवेशन नै सबैभन्दा महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे।
उनले भने, ‘एउटा राजनीतिक दललाई वैधानिकता र संस्थागत आधार प्रदान गर्ने सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया महाधिवेशन हो। यसअघि पनि हामीले महाधिवेशन गर्ने प्रयास गरेका थियौँ, तर विभिन्न राजनीतिक घटनाक्रम र परिस्थितिका कारण त्यो समयमै सम्पन्न गर्न सम्भव भएन।’
पछिल्लो समय महाधिवेशन आयोजनाका लागि अनुकूल वातावरण बनेको बताउँदै उनले अब पार्टी सोही दिशामा अघि बढ्ने स्पष्ट पारे। आगामी महाधिवेशनले रास्वपाको संगठनात्मक जग बलियो बनाउनुका साथै पार्टीको भावी राजनीतिक दिशा स्पष्ट गर्न निर्णायक भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment