सुन र चाँदीको मूल्यमा वृद्धि: छापावाल सुन प्रतितोला ६०० र चाँदी ५० रुपैयाँले बढ्यो
काठमाडौं। गत साताको अन्तिम कारोबार दिन शुक्रबार (असार ५ गते) को तुलनामा आइतबारनेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।
यो वृद्धिसँगै आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि गत शुक्रबार सुनको मूल्यमा एकैपटक १० हजार ५०० रुपैयाँको ठूलो गिरावट आउँदा प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा झरेको थियो। सोही साताको बुधबार १ हजार २०० रुपैयाँ र बिहीबार १०० रुपैयाँले सुनको मूल्य ओरालो लागेको थियो।
सुनसँगै आइतबार चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्यमा ३०५ रुपैयाँको गिरावट आउँदा प्रतितोला ४ हजार ६४० रुपैयाँमा सीमित भएको थियो।
त्यसैगरी सो साताको बुधबार १० रुपैयाँ र बिहीबार ३५ रुपैयाँले चाँदीको मूल्य घटेको रेकर्ड थियो। गत साता लगातार ओरालो लागेको सुनचाँदीको मूल्यमा यस साताको पहिलो दिनमै सामान्य सुधार देखिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment