रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान
काठमाडौं। रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा सुरू हुँदैछ।
महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन्।
रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।
कार्यक्रम स्थलमा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झा लगायत केही नेताहरू भने छन्। महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछानेलगायत पदाधिकारीहरू आइपुगिसकेका छैनन्।
दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने भने पनि अहिलेसम्म सुरू हुन सकेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment