पेस्तोल र लागूऔषध सहित तीन जना पक्राउ

डिसी नेपाल
२७ असार २०८३ १६:५७

रूपन्देही। मायादेवी गाउँपालिका-६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र अवैध लागूऔषध खैरो हेरोइन करिब २ सय ग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तरप्रदेश घर भएका ५० वर्षीय ईकवाल खान र भारत साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्चर, जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनीहरू मध्ये एक जनाले पेस्तोल निकाली प्रहरी उपर ताकेकोले प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गर्दा इकवाल खान घाइते भएका थिए।

घाइते भएका ईकवाल भीम अस्पताल भैरहवामा उपचार पश्चात डिस्चार्ज भएका छन्। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३६ जेड ३१५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *