त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन 

डिसी नेपाल
२९ असार २०८३ २०:३०

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ।

समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्था बुझ्न अनुगमन गरेको हो।

अनुगमन टोलीको नेतृत्व अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकीले गरेका छन्। टोलीमा समिति सदस्यहरू सुशील खड्का (सार्वजनिक वित्त उपसमिति संयोजक), कृष्णकुमार कार्की, खड्कबहादुर बुढा, नितिमा भण्डारी (कार्की), परशुराम तामाङ, प्रा.डा. पुष्पराज कँडेल र विदुषी राणा सहभागी भएका थिए।

त्यसैगरी समिति सचिव लक्ष्मण अर्याल, उपसचिव लक्ष्मीप्रसाद ओझा, शाखा अधिकृत प्रवीन राई तथा कार्यालय सहयोगी सीता भट्टराई पनि अनुगमन सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *