अत्तरिया उद्योग वाणिज्य संघमा कमल कडायत विजयी

डिसी नेपाल
२९ असार २०८३ २२:२३

अत्तरिया । अत्तरिया उद्योग वाणिज्य संघको पाँचौँ चुनावी साधारणसभाबाट कमल कडायत अध्यक्षमा निर्वाचित भएका छन्। कांग्रेसको गठबन्धनलाई पछि पार्दै कडायतले व्यावसायिक नेतृत्व हात पारेका हुन्।

संघको नयाँ नेतृत्वका लागि चारवटा समूह चुनावी मैदानमा थिए। नेपाली कांग्रेसका देउवा र गगन पक्षले रमेशराज भट्टराईलाई साझा उम्मेदवारका रूपमा अघि सारेका थिए।

आन्तरिक विवादका बाबजुद पनि स्थानीय तहमा भट्टराईका लागि दुवै समूह एकै ठाउँमा उभिएका थिए। यद्यपि, ‘व्यापारीहरूको साझा उम्मेदवार’को परिचय बनाएका कडायतले भट्टराईलाई २९ मतान्तरले पराजित गरे।

निर्वाचन परिणामअनुसार कडायतले ४०६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी भट्टराईले ३७७ मत प्राप्त गरे। त्यस्तै, नेकपा एमाले निकट उम्मेदवार नैनसिंह कार्कीले ९० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी निकट भीष्म खड्का नेतृत्वको समूह पनि चुनावी प्रतिस्पर्धामा थियो।

व्यावसायीहरूको बाक्लो सहभागितामा सम्पन्न निर्वाचनबाट विजयी भएपछि अध्यक्ष कडायतले व्यवसायीहरूको हकहित संरक्षण, निजी क्षेत्रको सबलीकरण र अत्तरिया क्षेत्रको व्यापार प्रवर्द्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *