स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउँदै ‘इसेवा’, मात्र १,३९९ मा ६ लाखसम्मको सुरक्षा

डिसी नेपाल
३० असार २०८३ १०:२७

काठमाडौं। नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्स्योरेन्ससँगको सहकार्यमा ‘सहारा हेल्थ इन्स्योरेन्स’ मार्फत सर्वसाधारणका लागि सुलभ र झन्झटमुक्त स्वास्थ्य बीमा सेवा विस्तार गरिरहेको छ।

मात्र १ हजार ३ सय ९९ रुपैयाँ वार्षिक प्रिमियमबाट सुरु हुने यस योजनाले स्वास्थ्य र दुर्घटनासम्बन्धी जोखिमलाई समेट्दै कुल ६ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।

पूर्ण रूपमा डिजिटल र कागजरहित प्रक्रियायो स्वास्थ्य बीमा योजना पूर्ण रूपमा डिजिटल माध्यममा आधारित छ, जसका कारण ग्राहकले कुनै पनि कागजी प्रक्रिया पूरा गर्न वा इन्स्योरेन्स कम्पनीको कार्यालयसम्म धाइराख्नु पर्दैन।

ग्राहकहरूले इसेवा एपको उपयोग गरी मात्र केही मिनेटभित्रै यो बीमा योजना सजिलैसँग खरिद वा नवीकरण गर्न सक्ने छन्। आवश्यकता र उमेरअनुसार योजना छनोटको सुविधायस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो आवश्यकता र उमेरअनुसार १ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कभरेज छनोट गर्न सक्ने छन्।

बीमा योजनाले २४ घण्टा वा सोभन्दा बढी अवधिको अस्पताल भर्ना खर्च, देशका २५ भन्दा बढी अस्पतालमा क्यासलेस (नगदरहित) उपचार, १५० भन्दा बढी डे-केयर सेवाहरू, र अस्पताल भर्ना हुनुअघि तथा डिस्चार्जपछिका योग्य चिकित्सा खर्चहरूलाई समेत समेट्छ। यसका साथै, योजनामा १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समेत समावेश गरिएको छ।

५ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध यो सेवा लिन ग्राहकले इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनमा गई आवश्यक विवरण भरेर भुक्तानी गर्नुपर्ने हुन्छ। भुक्तानी सम्पन्न हुनासाथ बीमा पोलिसी तत्काल डिजिटल रूपमै प्राप्त हुनेछ।

एक वर्षमै १० हजारभन्दा बढी लाभान्वितविभिन्न रोग, दुर्घटना तथा स्वास्थ्य समस्याका कारण आइपर्ने आर्थिक भारलाई कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्‍याउन ‘सहारा हेल्थ इन्स्योरेन्स’ प्रभावकारी देखिएको कम्पनीको दाबी छ।

गत भदौदेखि सञ्चालनमा आएको यस योजनाबाट एक वर्षभन्दा कम समयावधिमै १० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित भइसकेका छन्। सुलभ प्रिमियम र सहज डिजिटल प्रक्रियामार्फत अझ धेरै नेपाली नागरिकसम्म स्वास्थ्य बीमा पुर्‍याएर वित्तीय सुरक्षा सुदृढ बनाउन आफूहरू प्रतिबद्ध रहेको इसेवाले जनाएको छ।

डिजिटल वित्तीय सेवाको दायरा विस्तार गर्ने उद्देश्यसहित इसेवाले अन्य विभिन्न बीमा कम्पनीहरूसँग मिलेर थुप्रै बीमा योजनाहरू पनि सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *