विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो लिएको छ ।
विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले उक्त घटनाका सम्बन्धमा पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग आज मन्त्रालयमा छलफल गरेका हुन्।
मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टैसमेत छलफल गरे। उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदका लागि हौसला तथा प्रोत्साहन गरे।
सो अवसरमा मन्त्री पोखरेलले विद्यार्थीलाई कुटपीपिटको घटनामा आवश्यक कानुनी प्रक्रिया अपनाउनुपर्ने भएको खण्डमा सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उनले विद्यार्थीलाई मनोवैज्ञानिक असर नगर्ने गरी विद्यालयले घटनामा संलग्न शिक्षिकालाई सचेत गराउन ध्यानाकर्षण गराए। साथै आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन शिक्षकहरुलाई आवश्यक तालीमलगायतको व्यवस्था गर्न पनि विद्यालयलाई आग्रह गरे।
उक्त घटना एक वर्ष पहिलाको भए पनि यस्ता किसिमका विकृति दोहोरिन नदिन मन्त्रालयले सजकता अपनाउँदै विद्यालय र पीडित पक्षसँग चासो लिएर पहलकदमी लिएको ह । खावालिङ स्कुलका प्रधानाध्यापक सुनिल रानाका अनुसार शिक्षिका रानालाई गत जेठमा नै विद्यालयबाट निस्कासन गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment