६ लाख घुससहित चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ

डिसी नेपाल
३१ असार २०८३ १६:१८

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजाघरबाट बुधबार नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार इन्जिनियर खड्काले पुलको रिडिजाइन स्वीकृत गराउनुका साथै ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीलाई हैरानी दिई घुस मागेका थिए।

सेवाग्राहीसँग घुसबापतको ६ लाख रुपैयाँ लिइरहेको अवस्थामा उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *