माइक्रोबस दुर्घटना : सहचालकको मृत्यु, सात यात्रु घाइते

डिसी नेपाल
३२ असार २०८३ १५:३८

काठमाडौं । सिद्धार्थ राजमार्गमा आज भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–३ का ३० वर्षीय सहचालक सन्दीप बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

दुर्घटनामा परेर घाइते हुनेहरूमा सिद्धार्थनगर नगरपालिका–८ की ५० वर्षीया कृष्णकुमारी बेलबासे र ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तु शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पा रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर नगरपालिका–३ का २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देही मर्चवारी गाउँपालिका–७ का ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासी सुनवल नगरपालिका–६ की ४१ वर्षीया हेमीसरा खाम्चा रहेका छन्।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी कृष्णकुमारी बेलबासेलाई उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पताल पठाइएको छ। अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनापश्चात् फरार रहेका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका–६ का ४६ वर्षीय छविलाल थापालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *