पोखरा बसपार्कका सुकुमवासी व्यवस्थापन प्रक्रिया अघि बढ्यो
काठमाडौं । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रका व्यापारिक संरचना हटाएपछि त्यहाँ बसोबास गर्दै आएका सुकुमवासीको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ।
बसपार्क क्षेत्र अतिक्रमण गरी बस्दै आएका ५७२ परिवारको व्यवस्थापनका लागि छानबिन समितिको प्रतिवेदनका आधारमा प्रक्रिया सुरु गरिएको महानगरले जनाएको छ।
महानगरका अनुसार साउन १ गते घरधुरी विवरण र तथ्याङ्क मिलान, साउन २ गते प्रारम्भिक नामावली प्रकाशन तथा त्यसपछि सात दिन दाबी–विरोध लिन व्यवस्था गरिएको छ। अन्तिम नामावली सार्वजनिक भएपछि स्थानान्तरणको प्रक्रिया अघि बढाइनेछ।
महानगर प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासीलाई न्याय हुने र गैरवास्तविक व्यक्तिले राज्यको सुविधा नपाउने गरी पारदर्शी र तथ्यमा आधारित व्यवस्थापन गरिने बताए। भूमिहीन सुकुमवासी सरोकार समितिले पनि निष्पक्ष छानबिनका आधारमा व्यवस्थापन भए सहयोग गर्ने जनाएको छ।






डिसी नेपाल





Facebook Comment