साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड

डिसी नेपाल
१ साउन २०८३ १०:४०

काठमाडौँ । साउन महिनाको औपचारिक सुरुवात भएसँगै देशका विभिन्न बजारहरूमा हरियो चुरा, पोते तथा मेहेन्दी किन्ने महिला उपभोक्ताहरूको चहलपहल र भीड निकै बढेको छ।

हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूमा विशेषगरी साउन महिनाभरि हरियो र पहेँलो रङका चुरा, पोते र हरिया पहिरनहरू पहिरिने विशिष्ट धार्मिक एवं सांस्कृतिक परम्परा रहँदै आएको छ।

साउन महिनालाई प्रकृति र सौभाग्यको महिना मानिने हुनाले यस अवधिमा बजारका शृङ्गार पसलहरूमा हरियो चुरा र मेहेन्दी खरिद गर्नेहरूको उत्साहजनक उपस्थिति देख्न सकिन्छ।

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *