पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते, बाथरुममा लडेर दायाँ हात भाँचियो

डिसी नेपाल
१ साउन २०८३ १४:४४

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङमा घाइते भएका छन् । केही दिनअघि हङकङ बसाइका क्रममा बाथरुममा लडेर उनको दायाँ हात भाँचिएको देउवानिकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दुर्घटनालगत्तै उनलाई स्थानीय अस्पताल भर्ना गरी उपचार गरिएको थियो। उपचार प्रक्रिया पूरा भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य तथा सुधारोन्मुख रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *