कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ

डिसी नेपाल
१ साउन २०८३ २०:३७

बर्दिया । भूमि प्रशासन कार्यालय, बर्दियाको परिसरभित्र मादक पदार्थ सेवन गरिरहेको अवस्थामा तीन कर्मचारीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कार्यालय परिसरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

नियन्त्रणमा पर्नेहरूमा भूमि प्रशासन कार्यालयका एक खरिदार, एक चालक, गुलरिया नगरपालिकाद्वारा मालपोत कार्यालयमा सञ्चालित भू-सेवा केन्द्रका एक कर्मचारी तथा दुई जना महिला लेखनदास रहेका छन्।

बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले घटनाको पुष्टि गर्दै पक्राउ परेकाहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। सार्वजनिक कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *