नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन

डिसी नेपाल
१ साउन २०८३ २२:०६

काठमाडौं । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ निधन भएको छ।

उनको काठमाडौंको विशालनगरस्थित निवासमा साँझ ७:४० बजे निधन भएको हो। उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए।

डा. पाण्डेको अन्त्येष्टि शनिबार बिहान ११ बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा गर्ने तय भएको छ।

२०१७ सालमा निजामती सेवामा प्रवेश गरेका पाण्डे ३९ वर्षकै उमेरमा अर्थ मन्त्रालयको सचिव बनेका थिए। तर, उनले २०३६ सालमा पदबाट स्वेच्छिक राजीनामा दिएका थिए।

२०४६ सालको जनआन्दोलन सफल भएपछि गठित कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बनेका थिए।

डा. पाण्डे लामो समयदेखि नागरिक आन्दोलन, सुशासन, लोकतन्त्र र सार्वजनिक हितका विभिन्न अभियानमा सक्रिय रहँदै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *