विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको बहाव, पर्यटक आकर्षित

निरज थकाली
२ साउन २०८३ १५:३६

मुस्ताङ। मुस्ताङको जोमसोमस्थित कालीगण्डकी नदी किनारमा रहेको विश्वकै ठूलो मानिने २२ फिट अग्लो शालिग्राममा वर्षायामसँगै नदीको बहाव पुगेपछि यसको दृश्य थप मनमोहक देखिएको छ।

साउन महिनामा बढेको कालीगण्डकीको पानीले शालिग्रामलाई छोएर बग्ने दृश्यले प्राकृतिक र धार्मिक सौन्दर्यलाई एकसाथ प्रस्तुत गरेको छ।

वर्षायाममा देखिने यो दृश्यले शालिग्रामको भव्यतालाई अझ आकर्षक बनाउँदै श्रद्धालु तथा आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको ध्यान तान्ने गरेको छ।

हिन्दू धर्ममा भगवान् विष्णुको प्रतीकका रूपमा पूजिने शालिग्राम कालीगण्डकी नदीबाट नै प्राप्त हुने भएकाले यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ।

जोमसोम पुगेका पर्यटक र श्रद्धालुहरू विशाल शालिग्रामको दर्शनसँगै कालीगण्डकीको मनोरम दृश्य अवलोकन गर्न पुग्ने गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *