पर्वतमा ट्याक्टर दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
२ साउन २०८३ १८:२०

पर्वत। पर्वतको कुश्मा नगरपालिका–९, एकोहोरे पाठास्थित दोबिल्ला–फलेवास सडकखण्डमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब २:३० बजे कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टर चालक कुश्मा नगरपालिका–७ का २८ वर्षीय सुजन नेपाली र कुश्मा–९ का १४ वर्षीय शिशिर लामिछानेको उपचारका क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा परी घाइते भएका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ घर भई हाल पोखरा–१७, बिरौटामा बस्ने २२ वर्षीय उदय सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *