नारायणगढ-मुग्लिन-काठमाडौं सडकखण्डमा रात्रिकालीन सवारी आवागमन बन्द
चितवन । अविरल वर्षाका कारण बढ्दो बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ एक सूचना जारी गर्दै धादिङलगायत आसपासका क्षेत्रमा भइरहेको निरन्तर वर्षा र मौसम पूर्वानुमानअनुसार थप वर्षाको सम्भावना रहेकाले सडक दुर्घटना र पहिरोको जोखिम उच्च रहेको जनाएको छ।
प्रशासनले यस विषम परिस्थितिमा यात्रुहरूलाई पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति चितवनका तर्फबाट क्षमायाचना गर्दै यात्रालाई सुरक्षित बनाउन सूचनाको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
कुनै पनि आपत्कालीन अवस्था वा आवश्यक समन्वयका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।







डिसी नेपाल





Facebook Comment