सुन-चाँदीको मूल्यमा लगातार वृद्धि: सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय पुग्यो

डिसी नेपाल
४ साउन २०८३ ११:१६

काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सोमबार पनि वृद्धि भएको छ। अघिल्लो दिन आइतबार तोलामा एक हजार नौ सय रूपैयाँले बढेको सुनको भाउ सोमबार पुनः प्रतितोला छ सय रूपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा खरिदबिक्री भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार तोलामा चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८० रूपैयाँले बढेर चार हजार तीन सय २० रूपैयाँ पुगेको छ।

नेपालमा सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढाव र डलरको विनिमय दरका आधारमा दैनिक निर्धारण हुने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस चार हजार १६ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *