सुनको मूल्य तोलामा ५,४०० ले बढ्यो, प्रतितोला २ लाख ९१ हजार पुग्यो
काठमाडौं। स्थानीय बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।
मंगलवारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५,४०० र चाँदीको मूल्य तोलामा १ सय १० रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार निर्धारण गरिएको छ।
यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४९ हजार ४८५ कायम भएको छ। मंगलवार भने छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार ६०० मा कारोबार भएको थियो। यसैबीच चाँदीको भाउमा पनि भारी वृद्धि भएको छ।
आज चाँदी प्रतितोला रु चार हजार ४८० निर्धारण भएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य तीन हजार ८४१ तोकिएको छ। मंगलवार चाँदी प्रतितोला चार हजार ३७० मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार १३९ अमेरिकी डलर र प्रतिऔँस चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






डिसी नेपाल





Facebook Comment