‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, नायिका प्रियंका कार्कीले मागिन् माफी

डिसी नेपाल
१ साउन २०८३ २२:१३

काठमाडौं । विवादमा तानिएको ‘मास्टर्नी’ गीत अन्ततः युट्युबबाट हटाइएको छ।

गायक दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा समावेश केही शब्द र दृश्यहरूलाई लिएर चौतर्फी आलोचना भएपछि गीत हटाइएको हो।

यसै क्रममा, उक्त गीतमा जोडिएकी नायिका प्रियंका कार्कीले पनि गीत हटाइएको जानकारी दिँदै सार्वजनिक रूपमा माफी मागेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्दै सो गीतप्रति लक्षित विवादका विषयमा माफी मागेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *