मोरङबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
मोरङ । मोरङको रंगेली नगरपालिकास्थित हुलाकी सडकखण्डबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नियमित चेकजाँचका क्रममा भारतको विहार राज्यको अररिया जिल्लास्थित सिक्टीका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकु पक्राउ परेका हुन्।
मोरङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरू सवार BR 38 AH 7193 र BR 38 AQ 8243 नम्बरका मोटरसाइकल चेक गर्ने क्रममा उनीहरूको साथबाट सेतो प्लास्टिकमा लुकाइएको १ सय १ ग्राम खैरो हेरोइन बरामद भएको हो। प्रहरीलाई देखेपछि प्लास्टिकको पोको फालेर भाग्न खोज्दा उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।






डिसी नेपाल





Facebook Comment