प्रादेशिक अस्पताललाई ५० थान फलामे बेन्च प्रदान
भद्रपुर (झापा)। प्रादेशिक अस्पताल भद्रपुरलाई आज ५० थान फलामे बेन्च हस्तान्तरण गरिएको छ। उपचारका लागि अस्पताल आउने बिरामी तथा उनीहरूका कुरुवालाई बस्नका माछापुच्छ्रे बैंकले बेन्च उपलब्ध गराएको जनाएको छ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल तथा प्रादेशिक अस्पताल भद्रपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार गुप्ताको उपस्थितिमा ती बेन्चहरू अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको हो।
अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलका अनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत प्राप्त बेन्चहरू फार्मेसी र आवश्यकताअनुसार बहिरङ्ग विभागमा राखिने छ। उनका अनुसार अहिले अस्पतालमा दैनिक सरदर एक हजार जनाभन्दा बढी सेवाग्राही आउने गर्दछन्। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment