धुलिखेलको हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लाग्दा एक युवकको मृत्यु

डिसी नेपाल
९ साउन २०८३ १६:३६

काठमाडौं । धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा काठमाडौंको चन्द्रागिरीका २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको छ।

शुक्रबार बेलुकी पुलमा मृत फेला परेका प्रधानको करेन्ट सट भएरै उक्त घटना भएको प्रहरीले जनाएको छ। घटना, रिसोर्टको चरम लापरबाहीका कारण घटेको भन्दै मृतकका आफन्तले आक्रोश व्यक्त गरेका छन्।

यसैबीच, घटनाको विषयलाई लिएर अहिले पीडित पक्ष र रिसोर्ट व्यवस्थापनबीच आपसी छलफल जारी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *