कालीगण्डकी नदी किनारमा महिलाको शव फेला

डिसी नेपाल
९ साउन २०८३ २२:५८

काठमाडौं। गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पनौटा स्थित कालीगण्डकी नदीको बगरमा एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार दिउँसो स्थानीयवासीले नदीले बगाएर ल्याएको जस्तो देखिने एक महिलाको शव घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा उक्त शव बागलुङ जिल्ला जैमिनी नगरपालिका–७ डौवाफाँट निवासी करिब ४५ वर्षीया शकुन्तला शर्माको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

उनी लामो समयदेखि मानसिक रोगको उपचार गराउँदै औषधि सेवन गर्दै आएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *